धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु बेठीक : अर्थमन्त्री महत (भिडिओ) – Nepal Press

धेरै बीमा कम्पनीलाई लाइसेन्स दिनु बेठीक : अर्थमन्त्री महत (भिडिओ)

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स दिनु ठीक नभएको बताएका छन् ।

सोमबार बीमा कम्पनीको ५५ औं वार्षिकोत्सव कार्यक्रममा उनले धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स दिने सरकारको कदम गलत भएको बताए । प्राधिकरणको अगुवाइमा बीमा कम्पनीहरू मर्जरमा जानु आवश्यक भएको उनको भनाइ थियो ।

महतले बीमा क्षेत्र प्रतिष्पर्धी, परिणाममुखी र स्वस्थ हुन जरुरी रहेको बताए । उनले धेरै बीमा कम्पनीहरूलाई लाइसेन्स वितरण गरिएको भन्दै अब कोर्ष करेक्सन जरुरी रहेको बताए । उ

उनले भने, ‘बीमाको नियामक निकायलाई स्वायत्ततिर उन्मुख गर्दै त्यो दिएको कारण के हो भने त्यसले स्वतन्त्र रुपमा व्यवसायिक हिसाबले बीमाको जुन आवश्यक्ता छ देशमा विभिन्न क्षेत्रलाई त्यसले कभर गर्नुपर्ने आवश्यक्ता छ । त्यो क्षेत्रमा काम गर्ने बीमा कम्पनी चाहे सरकारी होस्, चाहे गैरसरकारी होस्, त्यसको पारदर्शीता, कम्पिटेटीभनेस र बीमा लिने ग्राहकहरु छन्, उनीहरुको सुरक्षा त्यो नै यसको महत्वपूर्ण जिम्मेवारी हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर