नेपाल च्याम्पियन जैसवालले जिते एक लाख नगद पुरस्कारको ‘हेटौंडा मेयर कप’ – Nepal Press

नेपाल च्याम्पियन जैसवालले जिते एक लाख नगद पुरस्कारको ‘हेटौंडा मेयर कप’

हेटौंडा । नेपालका चेस च्याम्पियन रुपेश जैसवालले हेटौंडा मेयर कप राष्ट्रव्यापी खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । पाँच दिन चलेको प्रतियोगिताको उपाधि जित्दै जैसवालले नगद एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा सुरवीर लामा दोस्रो बन्दै नगद ५० हजार हात पार्दा अनिल राजबाहकले तेस्रो हुँदै २५ हजार नगद पुरस्कार पाएका छन् ।

प्रतियोगितामा कुल २१ जना पुरस्कृत भएका छन् । जसअनुसार चौथो र पाँचौं स्थानमा क्रमशः विलमलाल श्रेष्ठ तथा सुस्रत दाहाल भए ।

उनीहरुले नगद २० हजार प्राप्त गर्दा छैटौंदेखि दशौं स्थानसम्मका क्रमशः पुरुषोत्तम चौलागाईं, कृष्ण थापा, क्षितिज भण्डारी, निकेन कुसाथा तथा श्रीलंकाकी एसडी रणसिङ्गेले जनही १५ हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा बेस्ट लोकल सुन्दर कार्की, बेष्ट महिला खेलाडी सिन्धिरा जोशी, बेष्ट भेट्रान नवीन ताण्डुकार, बेष्ट यू–१२ अबिन पाण्डे, बेष्ट यू–१४ आयुष डेमनदौरा, यू–१६ तर्फ पुरुषोत्तम सिलवाल, यू–१८ तर्फ रिसोन थापा विजयी हुँदा बेष्ट अनरेटेडमा रुपेशप्रसाद पालिखेल, बेष्ट रेटिङ १४०० मा सुजन कुमाल, बेष्ट रेटिङ १६०० मा निशान श्रेष्ठ तथा १८०० मा खोमप्रसाद तिमल्सिनाले जित हासिल गरे । उनीहरुले जनही १० हजार नगद पुरस्कारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

मकवानपुर जिल्ला बुद्धिचाल संघ, हेटौंडा चेस क्लब र नेपाल खेलकुद महासंघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा पुरस्कार वितरण गर्दै बागमती प्रदेशकी समाजिक विकासमन्त्री कुमारी मोक्तानले चेस खेललाई बागमती प्रदेशको पाठ्यक्रममा समावेश गर्ने सुझावको आधारमा चेससँग सम्वन्धित संघसस्थाहरुसँग समन्वय गरिने बताइन् ।

उनले चेस खेलको विकासको लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग हुनेसमेत बताइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर