मदन-आश्रित स्मृति दिवस : जनतासँग जोड्ने गतिविधि तीव्र पार्ने भोजपुर एमालेको अठोट
भोजपुर । मदन-आश्रित स्मृति दिवसमा नेकपा एमाले भोजपुरले एक कार्यक्रम गरेको छ ।
सदरमुकामस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा मदन भण्डारी र जीवराज आश्रितले नेपाली कम्युनिष्ट आन्दोलनलाई पुर्याएको योगदानको चर्चा गरिएको छ ।
जिल्ला अध्यक्ष शरणकुमार राईले मदन भण्डारीको जबज सिद्धान्तको जगमा जनप्रिय बनेको एमालेलाई सांगठानिक र वैचारिकरूपमा सशक्त बनाउन कार्यकर्ता पंक्ति गाउँगाउँमा जनतामाझ अझ सक्रिय भएर जाने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सहभागी प्रदेश सचिवालय सदस्य प्रेम कार्की, सोम पोर्तेल, प्रदेश कमिटी सदस्य खड्ग पौडेल, गणेश श्रेष्ठले मदन-आश्रित र उनीहरूको योगदानको स्मरण गरेका थिए ।