पशुपति पुगेर अष्ट्रेलियाली मन्त्रीले भने- अष्ट्रेलिया हिन्दुहरूको द्रुत वृद्धि भएको देश हो
काठमाडौं । अष्ट्रेलियाका सहायक विदेश मन्त्री तिमोथी ग्राम वाट्स पालको विश्व सम्पदामा सूचीकरण भएको पशुपतिनाथ पुगेका छन् ।
पशुपतिनाथको मन्दिर परिसर पुगेर रुद्राक्षको माला लाएका थिए वाट्सले। उनले आफ्नो तस्बिर सार्वजनिक गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अष्ट्रेलियामा तीव्र फैलिइरहेको धर्म हिन्दू धर्म हो। आधुनिक अष्ट्रेलियाको विविधताले हामीलाई दक्षिण एसिया लगायत विश्वभर जोड्छ।’
सन २०१३ बाट अष्ट्रेलियाको लेबर पार्टीका ४० वर्षे सांसद वाट्स सन २०२२ जुन महिनाबाट अष्ट्रेलियाका सहायक विदेश मन्त्री छन् ।
उनी दुई दिने नेपाल भ्रमणमा मङ्गलवार आएका हुन् । उनले प्रधानमन्त्री प्रचण्ड लगायतसँग भेटघाट गरिसकेका छन् ।