स्टार्टअप कर्जाका लागि आवेदन दिने २१३ प्रस्ताव रद्द, कुन-कुन परे ? (सूचीसहित) – Nepal Press

स्टार्टअप कर्जाका लागि आवेदन दिने २१३ प्रस्ताव रद्द, कुन-कुन परे ? (सूचीसहित)

काठमाडौं । नप्रवर्तन व्यवसाय (स्टार्टअप उद्यम) कर्जाका लागि परेको २२३ वटा आवेदन रद्द भएको छ । नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले सुरु गरेको स्टार्टअप कर्जा लिनका लागि उद्योग विभागमा ३८२ आवेदन परेको थियो ।

प्रस्ताव पेश गर्नेहरुमध्ये कार्यविधिको दफा २ (झ) र दफा ४ (१) अनुसार मापदण्ड पूरा नभएका २१३ प्रस्ताव रद्द गरिएको उद्योग विभागले जनाएको छ ।

उद्योग विभागले गत चैत १६ गते स्टार्टअप उद्यमका लागि कर्जा लिन प्रस्ताव पेस गर्न स्टार्टअप व्यवसायहरुलाई आह्वान गरेको थियो ।

सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ स्वीकृत गरेपछि चैत १६ गते २१ दिनको समय दिएर कर्जा लिनका लागि इच्छुक स्टार्टअपहरुलाई प्रस्ताव पेस गर्न आह्वान गरिएको थियो । सो अवधिमा ३८२ वटा स्टार्टअप उद्यमहरुले विभागमा प्रस्ताव पेस गरेका थिए ।

यस्ताे छ सूची:


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *