कपिलवस्तुका किसान उखुको पैसा खोज्न काठमाडौंमा – Nepal Press

कपिलवस्तुका किसान उखुको पैसा खोज्न काठमाडौंमा

रुपन्देही । कपिलवस्तुको शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराज– ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं पुगेका हुन् ।

सरकारको ध्यानाकर्षण गराउन ३० जना अगुवा उखु कृषक बुधबारदेखि माइतीघरमा धर्नामा बसेका छन् । आठ हजार बढी कृषकहरूले करिब दुई करोड ५० लाख रुपैयाँ नपाएको किसान संघका अध्यक्ष अनुपकुमार चौधरीले बताए ।

सरकारले प्रतिक्विन्टल उखुको मूल्य ४६१ रुपैयाँ निर्धारण गरेको थियो । तर, मिल सञ्चालक वीरेन्द्रकुमार कनोडियाले ४३६ रुपैयाँ भुक्तानी गरेका थिए । बाँकी रहेको २५ रुपैयाँ अनुदानस्वरूप केन्द्र सरकारबाट पाउने सम्झौता भएको चौधरीको दाबी थियो ।

यस्तै २०७१÷७२ पछिका ३ वर्षसम्म सरकारले तोकेको मूल्य पाएका थिएनन् । सरकारको ध्यानाकर्षण गराउन कृषकहरू ४७ पटक काठमाडौं धाएको बताउँछन् ।

मिल सञ्चालक कनोडियाले महालक्ष्मी सुगुर मिल कपिलवस्तुबाट सर्लाही सारेपछि पैसा पाउने आशा मरेको कृषकहरू बताउँछन् । पटक पटकको आन्दोलनपछि २०७७ सालमा सरकारसँग अनुदान रकम दिने सम्झौता भए पनि हालसम्म नपाएको कृषकको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *