टीआरसी विधेयकमा छलफल गर्न ११ सदस्यीय उपसमिति गठन (भिडिओ) – Nepal Press

टीआरसी विधेयकमा छलफल गर्न ११ सदस्यीय उपसमिति गठन (भिडिओ)

काठमाडौं । प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न ११ सदस्यीय उपसमिति गठन गरेको छ । शुक्रबार बसेको बैठकले उपसमिति गठन गरेको हो ।

उपसमितिमा नेपाली कांग्रेसबाट तीनजना र नेकपा (एमाले)का दुईजना सांसद रहेका छन् भने नेकपा (माओवादी केन्द्र)सहित बाँकी ८ दलका एक–एक जना सांसद सदस्य रहेका छन् ।

जसमा कांग्रेसबाट रमेश लेखक, जीवन परियार, सुशील थिङ, एमालेबाट सुवासचन्द्र नेम्वाङ र महेश बर्तौला, माओवादीबाट पूर्णबहादुर घर्ती, नेकपा (एकीकृत समाजवादी)बाट शेरबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सन्तोष परियार, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान, जनता समाजवादी पार्टीबाट रञ्जुकुमारी झा र जनमत पार्टीबाट गोमा लाभ रहेका छन् ।

छलफल गरेर सहमति गर्नेगरी तीन हप्ताको समयसिमा दिइएको उपसमितिका सदस्य सन्तोस परियारले नेपाल प्रेसलाई जानकारी दिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक सरकारले २०७९ फागुन २५ गते संसद सचिवालयमा दर्ता गरेको थियो ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर