सरकारको नयाँ नारा- युवासँग सरकार, हुने छैनन् बेरोजगार
स्वचालित ज्याला प्रणाली लागू गरिने
काठमाडौं । सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी दुई वर्षमा पाँच लाख रोजगारी सिर्जना गर्ने लक्ष्य अघि सारेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले वाचन गरेको नीति तथा कार्यक्रममा ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ को नारा पनि समेटिएको छ ।
निजी क्षेत्रको सहकार्यमा राष्ट्रिय सिप विकास र रोजगार कार्यक्रम मार्फत सरकारले पाँच लाख रोजगारीको लक्ष्य हासिल गर्ने पौडेलले बताए ।
सरकारले हरेक वर्षका नीति तथा कार्यक्रममा लाखौं रोजगारी सिर्जनाको घोषणा गर्दै आए पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन ।
स्वचालित ज्याला प्रणाली लागू गरिने
श्रमिकहरुको जीवन धान्ने गरी स्वचालित ज्याला प्रणाली लागू गरिने भएको छ । सरकारले आगामी नीति तथा कार्यक्रममार्फ यास्तो लक्ष्य लिएको हो ।
साथै सरकारी र निजी प्रतिष्ठानमा अनिवार्य श्रम अडिट गर्नुपर्ने व्यवस्था पनि गरिने भएको छ ।