भारतद्वारा दुई हजार भारूका नाेटमा प्रतिबन्ध लगाउने घाेषणा – Nepal Press

भारतद्वारा दुई हजार भारूका नाेटमा प्रतिबन्ध लगाउने घाेषणा

काठमाडौं । भारतले २००० रूपैयाँको नोटलाई प्रतिबन्ध लगाउने घोषणा गरेको छ ।

भारतीय रिजर्भ बैंकले २ हजारका नोट नचालउने भन्दै अब बजारमा नपठाउने घोषणा गरेको हो । यद्यपी आगामी सेप्टेम्बेर ३० सम्म भने २ हजारको नोटको आधिकारिकता कायम हुने बैंकले एक सूचनामार्फत जानकारी गराएको छ । बैंकको आधिकारिक ट्वीटर ह्याण्डलमा २ हजारको नोट नचलाउने उल्लेख गरेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले सन् २०१६ मा १ हजार र ५ सयका नोटमा प्रतिबन्ध लगाएपछि २ हजारको नोट प्रचलनमा ल्याइएको थियो । त्यो घोषणाको ७ वर्षमै २ हजारको नोटलाई बन्द गर्न लागिएको हो ।

बैंकले आम सर्वसाधारणलाई सेप्टेम्बर ३० सम्ममा आफूसँग भएको २ हजारको नोट बैंकमा जम्मा गर्न आग्रह गरेको छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *