माओवादीको आरोप- शरणार्थी प्रकरणले पोलेपछि एमालेले क्यान्टोनमेन्टको कुरा निकाल्यो (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ ७ गते १५:५०
काठमाडौं । नेकपा माओवादी केन्द्र नेकपा एमालेलाई नक्कली भुटानी शरणार्थी प्रकरणले पोलेपछि लडाकु शिविरको बारेमा प्रसंग उठाएको आरोप लगाएको छ ।
पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गरेर उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले यस्तो बताएका हुन् ।
उनले भने, ‘एमालेले अहिले लडाकु शिविरबारे किन प्रश्न उठायो भन्दा नक्कली भुटानी शरणार्थी प्रकरणले पोल्यो कि ?’
उनले शरणार्थी प्रकरणमा दोषि रहेका सबैलाई कारवाही गर्न सरकार तयार रहेको समेत बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर