कांग्रेसनिकट इन्जिनियरको चुनावमा गोपाल निउरेको स्वतन्त्र उम्मेदवारी – Nepal Press

कांग्रेसनिकट इन्जिनियरको चुनावमा गोपाल निउरेको स्वतन्त्र उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसनिकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) मा गोपालप्रसाद निउरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । सिडेनको भावी अध्यक्षका लागि चारजनाको उम्मेदवारी परेको छ ।

कांग्रेसभित्रको गुटगत प्रतिनिधिका रूपमा थप तीन उम्मेदवार मैदानमा उत्रिँदा निउरेको स्वतन्त्र उम्मेदवारी परेको हो । सिडेनभित्रको गुटबन्दी र सिन्डिकेटविरुद्ध आफूले उम्मेदवारी दिएका निउरेले बताए ।

चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी पनि चुनावी मैदानमा होमिएका छन । वरिष्ठ जलविद्युत विज्ञ निउरेले २०५३ सालमा पश्चिमाञ्चल क्याम्पसबाट सिभिल ओभरसियर गरेका थिए ।

ईन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसबाट २०५७ सालमा बीइ इन सिभिल इन्जिनियरिङ गरेका उनले २०६५ मा पुल्चोक क्याम्पसबाट जलविद्युतमा एमएससी गरेका थिए । पढाईमा अब्बल र पेशागत रूपमा दक्षता भएका उनी २० वर्षदेखि जलविद्युत र ऊर्जाको क्षेत्रमा सक्रिय छन् ।

दुई दर्जन भन्दा बढी जलविद्युत आयोजनाको डिजाइन तथा निर्माणमा संलग्न गरेका निउरे सयपत्री हाईड्रोपावर र युनिट्स ईन्जिनियरीङ प्रालिका सञ्चालकसमेत हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर