योगेशलाई मिनेन्द्रको जवाफ- एमाले सहभागी सरकारले ‘जनयुद्ध’ लेखिएको नीति तथा कार्यक्रममा पारित गरेको बिर्सिनुभयो ? – Nepal Press

योगेशलाई मिनेन्द्रको जवाफ- एमाले सहभागी सरकारले ‘जनयुद्ध’ लेखिएको नीति तथा कार्यक्रममा पारित गरेको बिर्सिनुभयो ?

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कांग्रेसले जनयुद्ध स्वीकार गरेको भए हिस्ट्री सकिने टिप्पणी गरेपछि कांग्रेस नेता मिनेन्द्र रिजालले त्यसको जवाफ फर्काएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सरकारको नीति तथा कार्यक्रममा ‘जनयुद्ध’ शब्द राखिएकोप्रति आपत्ति जनाएका थिए ।
त्यसको जवाफ फर्काउँदै कांग्रेस नेता रिजालले फेशबुकमा लेखेका छन्, ‘माननीय योगेश भट्टराईलाई अध्ययन मननका लागि उहाँको पार्टी एमाले समेत सहभागी सरकारले २०६५/६६ मा संसदमा प्रस्तुत गरेर पारित जनयुद्ध पदावली लेखिएको नीति तथा कार्यक्रमका सुरूका केही पृष्ठ ।’

उनले एमाले पनि सहभागी भएको बेलामा सरकारले २०६५/६६ को नीति तथा कार्यक्रममै जनयुद्ध शब्द राखेको उल्लेख गरेका छन् । नेता रिजालले सो शब्द हटाइयोस् भनेर आफूले संशोधन प्रस्ताव राखेपनि एमाले समेतको मतबाट अस्वीकृत भएको स्मरण गराएका छन् ।

‘जनयुद्ध’ शब्द नेपालको कुनै दस्तावेजमा उल्लेख नभएको भन्दै पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाएको सांसद भट्टराईको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर