कुर्सी रित्ता देखेपछि डीपी अर्यालले भने- नीति तथा कार्यक्रममाथिको छलफल रोष्ट्रमकै अपमान (भिडिओ) – Nepal Press

कुर्सी रित्ता देखेपछि डीपी अर्यालले भने- नीति तथा कार्यक्रममाथिको छलफल रोष्ट्रमकै अपमान (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पुनर्लेखन नै गर्नुपर्ने अवस्थाको नभएको बताएका छन् ।

प्रतिनिधिसभामा छलफलको क्रममा नीति तथा कार्यक्रम कामै नलाग्ने, खारेजै गर्नुपर्छ भन्नु उपयुक्त नहुने बताए ।

तर, उनले छलफलमा सहभागी सांसदहरूको उपस्थितिलाई हेरेर संसदमा बोल्नु रेकर्डको लागि मात्रै भएजस्तो भइरहेको टिप्पणी गरे ।

उनले भने, ‘नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न उपस्थित भएको छु । तर, सदनको खाली कुर्सी हेर्दा आफू पनि रोष्ट्रममा आएर बोल्नु रोष्ट्रमकै अपमान गरेको जस्तो लाग्छ । घरमै बसेर ऐनामा हेरेर पेन्ड्राइभमा रेकर्ड गरेर सचिवालयमा बुझाइदिए हुने हो कि भन्नेजस्तो लाग्छ । २७५ जनाबीच हुने र सुन्ने र सुनाउने नीति तथा कार्यक्रमको छलफल रेकर्डको लागि मात्रै बोलिरहेको जस्तो लाग्छ ।’

उनले छलफलमा सबै सांसद उपस्थित हुने वातावरण बनाउन सभामुखसमक्ष माग गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर