परीक्षणका क्रममा ‘यात्री’को च्यासिस भाँच्चियो, सामाजिक सञ्जालमा ट्रोल – Nepal Press

परीक्षणका क्रममा ‘यात्री’को च्यासिस भाँच्चियो, सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं । सरकारसँग लामो संघर्ष गरेर नेपालको आफ्नै नम्बर प्लेट दर्ता सुरु भएको यात्री मोटरसाइकलको एउटा फोटो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भाइरल फोटोमा मोटरसाइकलको ‘मेरुदण्ड’ भाँच्चिएर सडकमा लम्पसार परेको देखिन्छ ।
यो तस्वीर राख्दै धेरैले यात्री मोटरसाइकललाई उडाइरहेका छन् । नेपाली उत्पादनको हविगत देखिएको भन्दै ट्रोलसमेत भइरहेको छ । के यति धेरै चर्चा पाएको ‘यात्री’ मोटरसाइल साह्रै कमसल नै हो त ?

यात्रीका संस्थापक बत्सल पाण्डेले परीक्षणको क्रममा मोटरसाइकलको च्यासिस भाँच्चिएको बताए ।
उनले नेपालप्रेससँग भने, ‘नयाँ डिजाइनको बाइकका लागि परीक्षण गर्दाको फोटो अहिले सामाजिक सञ्जालमा चर्चा भएको हो ।’

उक्त फोटो भाइरल भएपछि कम्पनीले सामाजिक सञ्जालमै स्पष्टीकरणसमेत दिएको छ ।

‘पुनरावृत्ति र नयाँ डिजाइनको लागि हामी यात्रीमा नियमित परीक्षण गर्छौं । परीक्षणका क्रममा हाम्रा इन्जिनियरले नयाँ च्यासिस पुनरावृत्ति परीक्षण गरिरहेका थिए । जुन सफल भएन,’ यात्रीले सामाजिक सञ्जालमा लेखेको छ, ‘यो प्रष्टीकरणले कुनै पनि भ्रम र चिन्ता निर्मूल गर्नेछ भन्ने हामीले आशा गरेका छौं ।’

कम्पनीले यात्री पी–१ मा नयाँ पार्ट्स र सिस्टम परीक्षण गरिरहेको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर