राजनीतिक स्वार्थको रोटी सेक्न धर्ममार्फत साम्प्रदायिक विद्वेष भड्काइयो : ओली (भिडिओ)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिएको बताएका छन् ।
एमाले निकट मुस्लिम इत्तेहाद संगठनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता मराएर देश सिध्याएर धर्मका नाममा राजनीतिक रोटी सेक्ने काम भएको बताए ।
उनले भने, ‘अरुले भड्काइदिएको भरमा हामी बग्नुहुँदैन । हामी सामाजिक सद्भावलाई कायम गरौं र राष्ट्रिय एकता सुदृढ गरौं भन्ने भावनाको साथ अगाडि बढौं । समय समयमा साम्प्रदायिक विद्वेष नेपालमै पनि भड्काइएको छ । मान्छे मराइएको छ । झगडा लगाइएको छ । यसलाई भड्काउने षड्यन्त्रबाट पनि हामी जोगिनुपर्छ ।’
राजनीतिको सबैभन्दा ठूलो विकृति सत्य अंगीकार नगर्ने भएको उनको भनाइ छ ।