प्रदेश मुख्यमन्त्रीहरुको भेला स्थगित
नेपाल प्रेस
२०८० जेठ ९ गते १४:०८
पोखरा । पोखरामा बुधबार हुने भनिएको सातै प्रदेशका मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ ।
गण्डकी प्रदेशको मन्त्रिपरिषद् कार्यालयले सात प्रदेशका मुख्यमन्त्री र सचिवहरुको भेला आयोजना गर्न तयारी गरेको थियो । तर, उक्त भेला तत्काललाई स्थगित भएको गण्डकीका मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए ।
बुधबार पोखरामा सातै प्रदेशका मुख्यमन्त्री तथा सचिवहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, प्रधानमन्त्रीको कार्यव्यस्तताले उक्त भेला तत्कालका लागि स्थगित गरिएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर