संघले प्रदेश सरकारलाई भिखारीजस्तो व्यवहार गर्‍यो : पूर्वमुख्यमन्त्री रावल (भिडिओ) – Nepal Press

संघले प्रदेश सरकारलाई भिखारीजस्तो व्यवहार गर्‍यो : पूर्वमुख्यमन्त्री रावल (भिडिओ)

काठमाडौं । सुदूरपश्चिम प्रदेशको विकासको एजेण्डा लिएर त्यहाँका दल र सरकारको नेतृत्व सिंहदरबार आएका छन् ।

सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले संघीय सरकारले प्रदेश सरकारलाई भिखारीको जस्तो व्यवहार देखाएको बताएका छन् ।

मंगलबार अर्थमन्त्रीसँगको भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै रावलले संघीय सरकार दाता र प्रदेश सरकार भिक्षुक भएजस्तो व्यवहार देखाएको गुनासो गरेका हुन् । उनले संघीय सरकारले प्रदेश सरकारलाई अधिकार दिएको जस्तो गरी ललीपपमात्रै देखाएको टिप्पणी गरे ।

प्रदेश मातहतमा पर्ने राजश्व परिचालनदेखि प्राकृतिक स्रोतको परिचालनसमेत संघीय सरकारको नियन्त्रणमा रहेर एकाअधिकार जमाएको उनको भनाइ छ । शाहीले प्रहरी समायोजन, कर्मचारी व्यवस्थापन तथा सीडीओ केन्द्र सरकारप्रति उत्तरदायी हुने अवस्था रहेको भन्दै प्रदेश र संघीय सरकारबीच अधिकार बाँडफाटमा लडाइँ गर्नुपरेको अनुभव पनि सुनाए ।

उनले भने, ‘केन्द्र सरकारले राजश्व संकलनका क्षेत्रहरूमा बाँडफाँटमा एकाधिकार गर्‍यो । असमान वितरण प्रणाली लागू गर्‍यो । विकासलाई समातामूलक रूपमा गरेन । सुदूरपश्चिम र कर्णाली प्रदेश दिगो विकासको लक्ष्यभित्र छिर्न पाएनन् । संवैधानिक रूपमा नभए पनि संघीय सरकारले विकास तथा अधिकारीको रूपमा दोस्रो दर्जाका नागरिकका रुपले हेरेको कारण गरिबी जनजीवन हेर्दा नागरिकले नरहकीय जीवन बिताउनु पर्ने अवस्था अहिले पनि छ । प्रदेशभित्र रहेका राजश्वका स्रोतहरु केन्द्रले नियन्त्रणमा लिएको छ । भन्सारमा उठेका महशुलहरु केन्द्रमा नै आए अनुदान दिन्छौं भन्ने केन्द्र सरकारले आधिपत्य कायम राख्न खोज्यो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर