मन्त्रिपरिषद् बैठक : विश्व बैंकको ऋण सहायता स्वीकार, अरु के-के भयो निर्णय ? – Nepal Press

मन्त्रिपरिषद् बैठक : विश्व बैंकको ऋण सहायता स्वीकार, अरु के-के भयो निर्णय ?

काठमाडौं । सरकारले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट ऋण सहायता स्वीकार गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विद्यालय क्षेत्र रूपान्तरण कार्यक्रमका लागि विश्व बैंकबाट १२० मिलियन अमेरिकी डलर ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

बैठकले जापान सरकारबाट प्राप्त हुने मानव संशाधन विकास छात्रवृत्तिका ४१ करोड बराबरको अनुदान सहायता स्वीकार गर्ने र विद्यालय क्षेत्र आयोजनाका लागि शिक्षाका लागि विश्वव्यापी साझेदारी संस्थाबाट १९.७० मिलियन अमेरिकी डलर सहायत स्वीकृत गरेको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान विकास समिति गठन तेस्रो संशोधन आदेश २०८० स्वीकृत गर्ने निर्णय गरेको छ भने अबदेखि हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भएको प्रवक्ता शर्माले बताइन् ।

त्यस्तै बैठकले भन्सार महसुलसम्बन्धी नयाँ विधेयकका लागि सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर