सामान झिक्न लगाएर निरामाथि पछाडिबाट आक्रमण, लुटिएको सुन धरौटी राख्नेलाई पनि हत्या अभियोग
काठमाडौं । काठमाडौंको कपन सरस्वतीनगरमा करिब एक महिनाअघि निरा आचार्यको हत्यामा जिल्ला सरकारी वकिल कार्यालयले २ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दर्ता गरेको छ ।
निराको हत्यामा संलग्न आरोप लागेका विनोद विश्वकर्मा र उनले लुटेको सुन धरौटी राखेर पैसा दिने प्रदीप गदाईलीविरुद्ध मुद्दा दायर भएको हो ।
वैशाख ७ गते काठमाडौं महानगरपालिका-६ सरस्वतीनगरमा आफ्नै भाँडा पसलभित्र धारिलो हतियार प्रहार गरेको अवस्थामा भेटिएकी निराको उपचारको क्रममा मृत्यु भएको थियो । वैशाख १६ गते ३६ वर्षीय विनोद झापाको विर्तमोडबाट पक्राउ परेका थिए ।
सरकारी वकिलसँगको बयानमा विनोदले आफू चरम आर्थिक संकटमा परेकाले निराले लगाएको सुनको सिक्री र पसलमा रहेको पैसा लुट्ने नियतले उनको हत्या गरेको बताएका छन् । उनले निराले लगाएको सुनको सिक्री र घर्रामा रहेको ११/१२ सय रूपैयाँ लिएर गएको उल्लेख गरेका छन् ।
शव परीक्षणका क्रममा मृतक आचार्यको घाँटी, छाती र पेटमा २० भन्दा बढी चोट देखिएको पाइएको छ । यस्तो छ विनोदको बयान-