लेखनाथ दाहाल भन्छन्- जलहरीमा ११ किलो सुन नभएको जिम्मेवारी प्रधानमन्त्रीको हैसियतले ओलीले लिनुपर्छ (भिडिओ)
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा जलहरी लगाउँदा ११ किलो सुन गायब भएको महालेखाको प्रतिवेदनमा पनि उल्लेख भएको दाबी गरेका छन् ।
दाहालले केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमालेद्वारा संसद अवरोधपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको हैसियतले ओलीले जिम्मेवारी लिनुपर्ने बताए ।
उनले भने, ‘संसदमा बोल्ने क्रममा माननीय केपी शर्मा ओलीले सरकारले भ्रष्टाचार नियन्त्रण गर्दैन, यो भ्रष्टाचारीहरुको गठबन्धन हो भनेको प्रसंगमा तपाईंलाई पनि विगततिर फर्किनुस्, तपाईंले तीन वर्ष शासन सत्ता सञ्चालन गर्दैगर्दा त्यहाँ सयौं भ्रष्टाचारका काण्डहरु छन् । त्यसमध्येमा यती, ओम्नी, वाइड बडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसोर्टको जग्गा प्रकरण, त्यो सँगसँगै स्वास्थ्य सामग्रीमा भ्रष्टाचार हुँदै पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको काण्ड जुन ११ किलो सुन कम भयो भनेर महालेखाको प्रतिवेदनमा पनि आएको छ । मैले बोकेर आएको छु । सुन कम भएको भन्ने आएको छ । त्यो तथ्यको आधारमा प्रधानमन्त्रीको हैसियले उहाँले नै जिम्मेवारी लिनुपर्छ भनेर बोलेको कुरालाई उहाँहरुले अनावश्यक इस्यु बनाउनुभएको छ ।’
सरकारले नेतृत्व गरेको व्यक्तिको हैसियतमा पनि नैतिकताको आधारमा ओली जिम्मेवार हुने उनको भनाइ छ । सो सुनको बारेमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न उनले माग गरे ।
यसलाई ११ किलो सुन खानुपरेको रहेछ ।खान नपाएर डाहा भएछ । लुटेरहरू कै सरकार छ त । छानबिन गर न दिल्लीका टट्टुहरू । त्यो दाहाललाई उसले दिदी बहिनी माथि अनैतिक काम गर्छ भनेर कसैले विना आधार भनिदियो भने त्यसको हालत के होला ? त्यसैले जाँड खाएर वेसुर भएकाले पनि नभन्ने कुरा भन्ने त्यो दाहाललाई कारवाही गर । त्यसको साँसद पद खारेज गर ।
आज देखि भ्रस्टाचार बिरोधी कुरा गर्न छाडौँ।किनकी यो सवैको प्रीय आचरण भैइसको।अव सवैभ्रष्टाचारीको सम्मान गरयौं।