चुरे दोहनबारे प्रधानमन्त्रीले भने- १ खर्बको गिट्टी बालुवा स्वतः बगेर भारत जान्छ (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ १३ गते २०:५०
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराईको मरुभूमिकरण रोक्न सरकार गम्भीर रहेको बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै चुरे संरक्षणबारे दुई अध्ययन प्रतिवेदनको निष्कर्ष चुरे संरक्षण र तराईको मरुभूमिकरण रोक्नको लागि गिट्टी बालुवाको सही उपयोग र व्यवस्थापन जरुरी रहेको बताए।
उनले भने, ‘यतिकै छाड्दा मरुभूमिकरणलाई तीव्र पारेको छ। करिब १ खर्बको गिट्टी बालुवा स्वतः बगेर भारत जान्छ र त्यो उपयोग गरिरहेको तथ्यांकसहितको निष्कर्ष छ। गिट्टी बालुवाले गर्दा जमिन नष्ट भइरहेको अध्ययनले देखाएको छ।’
प्रतिक्रिया
One thought on “चुरे दोहनबारे प्रधानमन्त्रीले भने- १ खर्बको गिट्टी बालुवा स्वतः बगेर भारत जान्छ (भिडिओ)”
Leave a Reply
सम्बन्धित खवर
अनि केपिले व्यवस्थित तरिकाले बालुवा गिट्टी निकालेर चाहिएको जति देशमा प्रयोग गर्ने बढी भएको निकासी गर्ने भन्दा यो देशका दलाल पार्टी, दलाल मिडिया र वुद्विजिवीका नामका गोरूजिविहरूले विरोध गरेका होईनन ? अहिले कहाँ गए ती दलालहरू ?