भारत भ्रमणबारे प्रधानमन्त्रीले गरे पूर्वप्रम र दलका नेतासँग परामर्श (भिडिओ)
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आसन्न भारत भ्रमणबारे पूर्वप्रधानमन्त्री, दलका नेताहरूसँग परामर्श गरेका छन् ।
सिंहदरबारमा भएको छलफलपछि नेपाल समाजवादीका अध्यक्ष पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले छिमेकीसँग राम्रो वातावरण बनाउन सुझाव दिएको बताए ।
उनले भने, ‘सीमा समस्या छ । व्यापार पारवहाका कुरा छन् । खुला सिमाना, परराष्ट्रसम्बन्धी सबै कुरालाई समाधानका गर्नुपर्छ ।’
ईपीजीको प्रतिवेदन ग्रहण गर्न सुझाव दिएको बताए ।
उनले थपे, ‘प्रधानमन्त्रीको भ्रमणको दुई-तीन दिनअघि सुझाव दिनु त औपचारिकतामात्रै हुन्छ । कुटनीतिक तहबाट जस्तो तयारी भएको छ । त्यही हुने हो । हामीले जति सुझाव दिएपनि केही हुँदैन ।’
प्रधानमन्त्रीले ऊर्जासँग सम्बन्धी धेरै प्राथमिकता दिएको बताए ।
उनले भने, ‘हामी नेपालीको बानी फेरि उत्पात हुन्छ भन्छौं तर, त्यस्तो हुँदैन । यो क्रमश: हुने कुरा हो । सम्बन्ध चिसिएको । त्यो आइसब्रेकमात्रै भयो भने पनि सुरुआत हुन्छ । बढी अपेक्षा गर्नु हुँदैन ।’
बैठकमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, बाबुराम भट्टराई, झलनाथ खनालसहित शीर्ष नेताहरू सहभागी छन् । आगामी जेठ १७ गते प्रधानमन्त्री भारत भ्रमणमा जाँदैछन् ।