बजेटको लक्ष्य- समृद्धि, सुशासन र सामाजिक न्यायः अर्थमन्त्री डा. प्रकाशशरण महत
नेपाल प्रेस
२०८० जेठ १५ गते १६:३८
काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजेटको लक्ष्य समृद्धि, सुशासन र सामाजिक न्यायप्रति लक्षित हुने बताएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सबल अर्थतन्त्र निर्माण गर्नेतर्फ बजेट निर्देशित भएको उनले बताए ।
उनले भने, ‘आम जनताको विकास र समृद्धिको चाहनालाई सम्बोधन गर्ने र पछाडि परेका वर्ग, क्षेत्र, लिंग र समूदायलाई आर्थिक लाभको पहुँचमा पुर्याउनेतर्फ बजेट लक्षित गरेको छ । सुशासन र सामाजिक न्याय कायम गर्न बजेट लक्षित रहनेछ ।’
प्रतिक्रिया