संघीय संसद् भवन निर्माणमा १ अर्ब २२ करोड बजेट, एक वर्षभित्रै सम्पन्न गरिने
नेपाल प्रेस
२०८० जेठ १५ गते १८:३८
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद भवनको निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने बताएका छन् ।
भवनको आन्तरिक पूर्वाधार लगायतका बाँकी काम सम्पन्न गर्न १ अर्ब २२ करोड बजेट व्यवस्था गरेको घोषणा गरेका छन् ।
त्यस्तै स्थानीय तहका पालिकाहरुको भवन पनि लागत साझेदारीमा निर्माण गरिने बताए ।
लागत साझेदारीमा स्थानीय तहको प्रशासकीय भवन निर्माण सम्पन्न गर्न ५८ करोड रुपैयाँ विनियोजन गरेको उनले बताए ।
प्रतिक्रिया
सम्बन्धित खवर