बजेटमा एमालेको प्रतिक्रिया- संकट दर्शाउँछ, समाधान दिँदैन
नेपाल प्रेस
२०८० जेठ १५ गते २०:२३
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् । सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका छन् ।
उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने बताए । उनले बजेटका बारेमा विस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।
प्रतिक्रिया