समितिको बैठकमा सभामुखले भने- प्रधानन्यायाधीश नियुक्ति छिटो गर्नुपर्छ (भिडिओ)
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानन्यायाधीश नियुक्ति तत्काल गर्नुपर्ने बताएका छन्।
संसदीय सुनुवाइ विशेष समितिको बैठकमा सभामुख घिमिरेले समितिमा अनुभव प्राप्त सदस्यहरू रहेका कारण यसले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे।
प्रधानन्यायाधीश नियुक्ति लगायतका कामहरूको सुनुवाइ छिटो गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संवैधानिक परिषदबाट आउने कतिपय सिफारिसलाई पनि गहन छलफल गरेर समितिले सच्याउन सक्ने गरी समितिले काम गर्नुपर्ने बताए।
सिफारिस भएर आएका व्यक्तिका बारेमा समितिमा नागरिकबाट आएका गुनासोलाई गम्भीरतापूर्वक लिन र दलको निर्देशन भन्दा पनि आफूले स्वतन्त्रपुर्वक निर्णय गर्न समितिलाई आग्रह गरे।