सांसद विकास कोष ब्युँताइएको बारे अर्थमन्त्रीको स्पष्टीकरण- व्यक्तिगत रूपमा दिइएको विश्लेषण नगरिदिनुहोला (भिडिओ)
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सांसद विकास कोष कुनै एक व्यक्तिलाई नभई निर्वाचन क्षेत्रको विकासका लागि दिइएको स्पष्ट पारेका छन् ।
आगामी आर्थिक वर्षको बजेट मार्फत अर्थमन्त्री महतले एक निर्वाचन क्षेत्र ५ करोड रुपैयाँ दिने बताएका थिए । व्यापक विवादित सांसद विकास कोष ब्युँताइएको भन्दै यसको विरोध भइरहेको छ ।
मङ्गलवार अर्थ मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री महतले भने, ‘हाम्रो बजेटमा विदेशी सहयोगको निश्चित ठाउँमा खर्च हुन्छ । कतिपय ठाउँमा छुटिरहेको हुन्छ । १६५ निर्वाचन क्षेत्रमै केही न केही जाओस् भन्ने मनसायले यो व्यवस्था गरिएको हो । यसमा संसद्ले सिफारिस मात्र गर्ने हो । जाने त त्यही जनतामै हो ।’
यसमा संसद्ले १ करोड भन्दा कमका आयोजना सिफारिस गर्न पाउने छैनन् । एक निर्वाचन क्षेत्र बढीमा ५ आयोजना सिफारिस हुनेछ ।
सरकारले ब्युँताएको सांसद विकास कोषमा राज्यको ८ अर्ब २५ करोड रुपैयाँ खर्च हुनेछ ।
अहिले माननिय अर्थमन्त्रीज्यूको भनाइमा सांसद विकास कोष वास्तवमा निर्वाचन क्षेत्रको विकासका लागि हो भने किन निर्वाचन क्षेत्र विकास कोष (सांसदको सिफारिसमा) भन्ने वाक्यांश राख्न सकिदैन थियो र ? हरेक कुरामा लिखितम एउटा कार्यान्वयन अर्काे । किन यसो गर्नु पर्यो ? पारदर्शिता भन्ने सानो अंश पनि यो सरकारमा देख्न नसक्नु विडम्बना नै हो ।