नक्कली भुटानी शरणार्थी प्रकरण: इन्द्रजीत, सन्देश र केशवसहित ८ जनाको बयान सकियो
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणलाई लिएर काठमाडौं जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा मंगलबारसम्म ८ जना प्रतिवादीको बयान सकिएको छ । अझै ९ जना प्रतिवादीको बयान हुन बाँकी छ । त्यसपछि मात्र थुनछेक बहस सुरु हुनेछ ।
शुक्रबारदेखि बयान सुरु भएकामा पहिलो दिन दुई जना र आइतबार तीन जनाको बयान भएको थियो । मंगलबार इन्द्रजीत राई, नरेन्द्र केसी र सन्देश शर्माको बयान भएको छ ।
सानु भण्डारी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डेलगायतको बयान हुन बाँकी छ । केशव दुलालको भने बयान भइसकेको छ ।
यो प्रकरणमा काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएर अभियोगपत्र दर्ता गरेको थियो । १३ जना फरार छन् ।