शीतल निवासअगाडि अनेरास्ववियुको प्रदर्शन, प्रहरीले गर्यो लाठीचार्ज (भिडिओ)
नेपाल प्रेस
२०८० जेठ १७ गते १४:३५
काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा एमालेनिकट अनेरास्वयुले राष्ट्रपति निवास शीतल निवास अगाडि प्रदर्शन गरेको छ । अखिलका कार्यकर्ताले राष्ट्रपतिविरुद्ध नाराबाजीसमेत गरेका थिए ।
अखिलका सचिव संजिव धितालको नेतृत्वमा गरिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्यो । प्रहरीको लाठीचार्जमा तीन जना घाइते भएको धितालले जानकारी दिए । यसैगरी ८ जना पक्राउ परेका छन् । पक्राउ परेकालाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणकै दिन राष्ट्रपतिले विवादितरूपमा विधेयक प्रमाणीकरण गरेपछि चौतर्फी विरोध भइरहेको छ ।
प्रतिक्रिया
भारतीय दलालहरू मूर्दावाद । अब नेपालीहरू एकजुट भएर गठबन्धन नामका भारतीय दलालहरू र राष्ट्रपतिलाई बर्खास्त गर्नुपर्छ । यी देश बेचुवाहरू हुन्