नागरिकता विधेयक प्रमाणीकरणबारे एमाले- राष्ट्रपतिको कदम संविधान र संसदीय मान्यताविपरीत
काठमाडौं । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेकोप्रति आपत्ति जनाएको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले संघीय संसदको निर्णय र संसदका सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानून बन्ने व्यवस्था रहेको बताए ।
मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गरिएको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानून र संसदीय मान्यताविपरीत भएको उनले बताए ।
नेता ज्ञवालीले नयाँ प्रतिनिधिसभा आइसकेपछि पुरानै संसदले पठाएको विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको उल्लेख गरे ।
संविधानविरोधी कदमको पार्टीले विरोध गर्ने उनको भनाइ छ ।