एमालेको आरोप- सरकारले संविधान मिच्यो, राष्ट्रिय अखण्डतामाथि नै प्रश्न उठ्यो (भिडिओ)
काठमाडौं । नेकपा एमालेले सरकारले संविधान मिचेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक पदम गिरिले सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराएर सरकारले नै संविधान मिचेको आरोप लगाए।
उनले भने, ‘सरकारले नै संविधानलाई मिचेर अगाडि बढ्ने, मुलुकको राष्ट्रिय अखण्डतालाई नै प्रश्न उठ्ने खालको काम सरकारको तर्फबाट हुन थाल्यो।’
सरकारले संविधानलाई पालना नगरेर उल्टो बाटोमा हिँडेको टिप्पणी गरे।
एमालेले राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै संसदमा प्रधानमन्त्रीको जवाफ मागेको हो।