करको विवाद समाधानसँगै शेयर बजार ५३ अंकले बढ्यो – Nepal Press

करको विवाद समाधानसँगै शेयर बजार ५३ अंकले बढ्यो

काठमाडौ । बजेटको बुँदा नं. २९ मा भएको करको विवाद समाधान भएपछि आइतबार शेयर बजार ५३ अंकले बढेको छ ।

सरकारले शेयर बजारमा लाग्दै आएको ५ र साढे सात प्रतिशत पूँजीगत लाभकरलाई नै अन्तिम करको रुपमा स्पष्ट व्याख्या गरेपछि शेयर बजारमा रौनक देखिएको हो ।

आइतबार लगानीकर्ता र अर्थमन्त्रालयबीच भएको वार्तामा एउटै कर मान्ने विषयमा सहमति भएको थियो । ५३.०३ अंकले बढेको बजार १९१९.३७ विन्दुमा अडिएको छ ।

आजको दिन १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइजिआइ प्रुडेन्सियलको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । ५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत बढी बढेको छ ।

त्यस्तै, आज २७० कम्पनीको ४५ लाख ५७ हजार कित्ता सेयर कारोबार भएको छ । १५ करोड ८१ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट्स अगाडी छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः सोल्टी होटेल र चिलिमे हाइड्रोपावर परेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर