नेपाललाई ब्याट्रीको डम्पिङ साइट हुनबाट बचाउने बीवाईडीको प्रतिबद्धता – Nepal Press

नेपाललाई ब्याट्रीको डम्पिङ साइट हुनबाट बचाउने बीवाईडीको प्रतिबद्धता

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनमा प्रयोग हुने ब्याट्री व्यवस्थापनको विषयलाई बीवाईडीको आधिकारिक विक्रेता साइमेक्स इंकले सकारात्मक रुपमा लिएको छ ।

कम्पनीले समाज र राष्ट्रप्रति सधैं उत्तरदायी भएर काम गर्दै आएको र भोलिका दिनमा पनि त्यही रफ्तारमा काम गर्ने प्रतिबद्धता जनाएको छ ।

विद्युतीय साधनको सबैभन्दा चुनौतीपूर्ण मानिएको ब्याट्री व्यवस्थापन गर्न कम्पनी निरन्तर लागिरहेको, सवारीसाधनबाट निस्कने पुराना ब्याट्रीको उचित व्यवस्थापनका कैयौं पावर ब्याकअप गर्नेदेखि पूर्ण रुपमा ड्रेन भएको ब्याट्री रि-साइकलको लागि बाहिर पठाउने विषयमा सम्पूर्ण तयारी गरिसकेको समेत कम्पनीले बताएको छ ।

यस्तै गाडीबाट निस्कने लिथियम आयोन ब्याट्रीको उचित व्यवस्थापन गर्न सक्षम रहेको बताउँदै बीवाईडीले भविष्यमा हुनसक्ने ब्याट्रीको डम्पिङ साइटबाट नेपाललाई बचाउने विश्वास व्यक्त गरेको छ ।

बीवाईडीले आफ्ना ग्राहकलाई ढुक्क भएर उपलब्ध उत्पादनको प्रयोग गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *