राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान – Nepal Press

राज ब्रुअरीको सोलार रुफटप परियोजना राष्ट्रिय ग्रिडमा जडान

काठमाडौं । नेपालको बडवाइजर बियरको उत्पादक राज ब्रुअरी र सिम्पल इनर्जीले राज ब्रुअरीमा सोलार रूफटप प्रोजेक्टको संयुक्त उद्घाटन गरेका छन् ।

शुक्रबार उद्घाटन गरिएको परियोजना राष्ट्रिय ग्रिडमा जडान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो रूफटप सोलार परियोजना मानिएको छ ।

‘प्राइभेट इन्फास्टक्चर डेभलपमेन्ट ग्रुप’ कम्पनी इन्फ्राको एशिया र ‘सरल ऊर्जा नेपाल एसयूएन’ को संयुक्त लगानीमा सिम्पल इनर्जीले रुफटप सोलार सिस्टमको डिजाइन, स्थापना र सञ्चालन गरिएको हो ।

सोलारबाट उत्पादन भएको ऊर्जाबाट कम्पनीले आफ्नो कारखाना सञ्चालन गर्नेछ भने अतिरिक्त ऊर्जा राष्ट्रिय ग्रिडबाट वितरण हुने जनाइएको छ । ५०० किलोवाटको उक्त सोलार परियोजनाले वार्षिक लगभग ८४४ मेगावाट आवर स्वच्छ ऊर्जा उत्पादन गर्ने उल्लेख गरिएको छ ।

उक्त अवसरमा राज ब्रुअरीका प्रबन्ध निर्देशक राजबहादुर शाहले ब्रुअरीको ऊर्जा आवश्यकता पूरा गर्न सोलार रूफटप स्थापना गरी कार्बन फुटप्रिन्ट घटाउनु एक जिम्मेवार संस्थागत नागरिकको स्वच्छ संसारतर्फको प्रयास भएको बताए ।

त्यसैगरी सिम्पल इनर्जीका प्रमुख कार्यकारी अधिकृत अपार न्यौपानेले प्रोजेक्ट स्वच्छ ऊर्जा र नाफा सँगसँगै जान सक्छ भन्ने उदाहरण भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *