मध्य बानेश्वरमा सामसङले गर्यो नयाँ सर्भिस विस्तार
काठमाडौं । सामसङले मध्य बानेश्वरमा नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।
सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
उक्त बानेश्वरको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास छ । यस्तै नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानाएको छ ।
कम्पनीको २१औँ सर्भिस सेन्टरे काठमाडौँ उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा रहेको छ ।