शेयर बजारमा टिकेन उत्साह, दोहोरो अंकले घट्यो नेप्से
नेपाल प्रेस
२०८० जेठ २२ गते १५:२१
काठमाडौं । अघिल्लो दिन मात्रै उच्च अंकले बढेको नेप्से परिसूचक साताको दोस्रो दिन सोमबार दोहोरो अंकले घटेको छ ।
आज १७.३८ अंकले ओरालो लाग्दै नेप्से १९०१.९९ बिन्दुमा कायम भएको छ ।
आइतबार मात्रै ५३ अंकले वृद्धि भएको बजारमा आज ५६ लाख २० हजार ३८१ कित्ता सेयरको खरिदबिक्रि हुदा १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँको कारोबार भएको छ ।
आजको दिन रिभर फल्स पावर लिमिटेडको सेयर सकारात्मक सकिर्ट लेबलमा कारोबार भएको छ । शिभम सिमेन्टस १९ करोड ८९ लाख ५६ हजार ३५३ रुपैयाँको कारोबारका साथ शीर्ष स्थानमा रहेको छ ।
त्यसैगरी उपसमूह तर्फ रहने १३ वटै समूहको सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर