ललितपुरको चापागाउँमा प्रेस लेखेको गाडीभित्र राजस्व छलीका रजनीगन्धादेखि गुड्खासम्म
नेपाल प्रेस
२०८० जेठ २२ गते १५:५७
काठमाडौं । ललितपुरको चापागाउँबाट प्रहरीले राजस्व छली गरेको सामान लिएर हिँडेको आरोपमा गाडीसहित २ जनालाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार प्रेस लेखिएको गाडीभित्रबाट म्याद गु्ज्रिएको ३ थान प्रेस पाससमेत भेटिएको छ । पक्राउ पर्नेमा बाराको जितपुर सिमराका ३४ वर्षीय दीपकप्रसाद चौलागाई र भारत बिहारका २८ वर्षीय सचिनकुमार चौरसिया रहेका छन् ।
गाडीभित्रबाट राजस्व छलीका करिब २० लाख रुपैयाँ बराबरका रजनीगन्धा, तुलसी, पासपास, खैनी, गुड्खा, कत्था बरामद भएको ललितपुर प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर