करका दर हेरफेर प्रकरण- प्रतिनिधिसभाको बैठक सारियो
नेपाल प्रेस
२०८० जेठ २३ गते १३:१९
काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्ने समय सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो साढे १ बजे बस्नेगरी सारिएको हो ।
संसद सचिवालयको महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै बैठकको समय परिवर्तन भएको जानकारी गराए ।
बजेट निर्माण गर्दा करका दर हेरफेरमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि प्रतिपक्ष नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले आजको बैठकमा पनि विरोध गर्ने जनाएपछि बैठक प्रभावित भएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर