५६ लाख शेयर लगानीकर्ताको सुरक्षा गर्छौ तर सीमित लगानीकर्ताले मात्र फाइदा उठाउनु भएन : अर्थमन्त्री
काठमाडौं । अर्थ मन्त्री डा. प्रकाशशरण महतले लगानीकर्ताको सुरक्षा सरकारको दायित्व भएको बताएका छन् । क्षेत्रमा धितो पत्र बोर्डको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।
नेपाल धितो पत्र बोर्डको ३१ औं वार्षिकोत्सवको अवसरमा मन्त्री डा. सेयर बजारमा आम मानिसहरूको लगानी र आयआर्जनको माध्यमका रूपमा ठूलो आकर्षण भएको बताए । ‘५६ लाख लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नु बोर्डको दायित्व र जिम्मेवारी हो । यो जिम्मेवारीलाई उच्च महत्त्व दिएर धितो पत्र बोर्डले काम गर्नेछ । यसलाई अझ उचाइमा पुर्याउने छ ’मन्त्री महतले भने ।
धितो पत्र बोर्डले नियमनको कामलाई अत्यन्त महत् वका साथ निर्वाह गर्नुपर्ने आवश्यकता औाल्याउदै डा. महतले शेयर बजारलाई अझैँ स्वच्छ, विस्तारित र लगानीकर्ताको सुरक्षा सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता समेत व्यक्त गरे ।
‘आगामी आर्थिक वर्षको आय व्यय प्रस्तुत गर्दा सेयर बजारको विषयमा जे कुरा त्यहाँ उल्लेख भयो, यसको उद्देश्य आम लगानीकर्ताहरूलाई आय करको दायरामा ल्याउने हुँदै होइन, सम्पूर्ण ५६ लाख लगानीकर्ता आय करको दायरामा आउने भए भनेर सेयर बजारमा जुन हल्ला चल्यो त्यो गलत हो,’ उनले भने।
सेयर बजारले निश्चित व्यक्तिलाई फाइदा पुर्याउने माध्यमका रूपमा धितो पत्र बोर्ड माध्यम बन्न नहुने मन्त्री महतको भनाइ छ ।
‘सेयर बजारमा लगानी गर्दा बढी फाइदा हुन्छ कि भनेर अथवा भोलि केही होला कि भनेर जसले गाँस काटेर लगानी गरेका छन् उनीहरूको सुरक्षा गर्ने सबैभन्दा ठूलो जिम्मेवारी धितो पत्र बोर्डको हो । सीमित व्यक्तिहरूले मात्रै फाइदा उठाउने, नाम चाहिँ ५६ लाख लगानीकर्ताको लिने परम्पराको अन्त्य हुनुपर्छ’, मन्त्री डा महतले भने ।