ओलीको आरोप : प्रचण्ड-माधव विदेशीको इसारामा चलेर एमालेविरुद्ध घेराबन्दी गर्दैछन्
नेपाल प्रेस
२०८० जेठ २५ गते १४:५१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुमाथि अहिले पनि घेराबन्दी भइरहेको बताएका छन् ।
हालै मनोनीत एमाले केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण कार्यक्रममा बोल्दै उनले दुई तिहाई नजिक पुर्याएको पार्टीलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालसहितका नेताहरुले ध्वस्त बनाएको आरोप लगाए ।
उनले आफ्नो पालमा विकास निर्माणले गति लिएपछि विदेशीको इसारमा चलेको जिकिर गरे ।
उनले भने, ‘विश्व पूँजीवादी जगतलाई नेपालमा वामपन्थी शक्ति कमजोर हुन् भन्ने चाहिएको छ । त्यसका लागि एमाले फुटाउ । त्यो फुटाउन त उनीहरु फुटेको होइनन् नि । उहाँका फुटे यहाँकालाई फुटाए ।’
प्रतिक्रिया