‘हाम्रा जनप्रतिनिधिको मोबिल खन्याएर हत्या प्रयास भयो, प्रचण्ड संरक्षित गुण्डालाई एमालेले दनक दिन्छ’ (भिडिओ) – Nepal Press

‘हाम्रा जनप्रतिनिधिको मोबिल खन्याएर हत्या प्रयास भयो, प्रचण्ड संरक्षित गुण्डालाई एमालेले दनक दिन्छ’ (भिडिओ)

प्रचण्डले विषको आगो फैलाउन नसकेपछि पहिचानवादीका नाममा जातीय दंगा मच्चाउन खोजिएको छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा पहिचानवादीका नाममा सत्ता संरक्षित केही गुण्डाहरूले आतंक मच्चाएको भन्दै एमालेले तयारीका साथ जवाफ दिने चेतावनी दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिहरुको हत्या प्रयास भएको भन्दै अब एमाले आफैंले तयारीका साथ दनक दिनुपर्ने भएको बताए ।

ओलीले भने, ‘पाँच-सात जना गुण्डाहरू छन्, मोटरसाइकल चढेर जता पनि जान्छन् र आक्रमण गर्छन् । उनीहरूलाई सत्ताको संरक्षण छ । आज हाम्रा नेता राम रानालाई इलाममा मोबिल छर्केर आगो लगाउने प्रयास गरे । उपसभामुख सिर्जना दनुवार र गाइघाटकी उपमेयरको हत्या प्रयास भएको छ । प्रचण्डपथका यी गुण्डाहरूलाई एमालेले तयारीका साथ दनक दिनुपर्ने भयो । आफ्ना कार्यकर्ताको रक्षा गर्न एमाले सक्षम छ ।’

ओलीले पहिचानको नाममा जातीय दंगा फैलाउने कार्य प्रचण्डपथको भएको भन्दै प्रचण्डले विषयको आगो फैलाउन नसकेपछि पहिचानवादीका नाममा गुण्डाहरू प्रयोग गरेको आरोप लगाए ।

‘यो विषको आगो फैलाउन खोजेको हो । देशभर आगो फैलाउन जातजातको आधारमा राज्य, भड्काउन र बिथोल्न खोजेको हो । नाम राखेर, फिर्ता लिनेदेखि पूर्नविचार गर्नुपर्छ भन्नेसम्ममा आइपुग्दा प्रत्यक्ष संलग्नता रहेको पुष्टि हुन्छ’, ओलीले भने, ‘प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता छ । पहिले प्रदेशको नाम राख्ने, अलिपछि गल्ती भयो भन्न र पुनिर्विचार गर्नुपर्छ भन्ने । चाइनिज नाटकका पात्रजस्ता छन् प्रचण्ड । यो प्रचण्डपथ भनेको नेपाललाई विनाश गर्ने बाटो हो । यी पहिचानवादी भन्नेहरू प्रचण्डपथका गुण्डा हुन् । किरात राज्य किन मागेका रहेछन् भन्ने देखियो नि । नाम राखेको भए गैरकिरातलाई खेद्ने लक्ष्य रहेछ भन्ने प्रष्ट भयो नि ।’

अध्यक्ष ओलीले यस्ता तत्वसँग कुनै पनि हालतमा सम्झौता नहुने बताए ।


प्रतिक्रिया

2 thoughts on “‘हाम्रा जनप्रतिनिधिको मोबिल खन्याएर हत्या प्रयास भयो, प्रचण्ड संरक्षित गुण्डालाई एमालेले दनक दिन्छ’ (भिडिओ)

  1. ओली बाहुन , प्रचण्डे पनि बाहुनै , शेरे पनि क्षेत्री बाहुन मै पर्छ भने पहिचान खाेज्नेहरु किराँतीहरु अनि मार्ने र मर्ने चाँहि पहिचानवादी नै हरे कस्तो दिन आयाे सत्ताकाे सुख सयल यि माथिकाहरु कै हालिमुहाली भरिया चाँहि हामी 🤬🤬🤬

    1. तिमी जन्मिन ढिला भएछौ । अहिलेको समयमा पनि जातीय कुरा गर्ने भनेको निच विचार हो । छोराछोरी पश्चिमाको भाँडा माझ्न पठाउने, क्रिश्चियन बनाउने अनि यहाँ चाहिँ जातीय पहिचान खोज्ने भनेक‍ या त तिनै पश्चिमाको पैसा खाएर हो या त प्रचण्ड संरक्षित गु्ण्डाको काम गरेको हो । प्रचण्डलाई दिल्लीफे एमाले तह लगाउ परेको म बेहोरौंला भनेको छ । १७००० रे चाहिँ हो क्यार भनेर यस्ता निच हर्कत गर्दैछन् । याद गर दिल्लीले सधैं ओलिसँग घुँडा टेकेको छ । उसले घुँडा टेक्दा तिमी उसको पनि तल पर्दा कहाँ पुग्छौ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर