मणि थापा भन्छन्- केही दिन बिदामा बसेको हुँ, अन्यत्र जाने कुरा सत्य होइन – Nepal Press

मणि थापा भन्छन्- केही दिन बिदामा बसेको हुँ, अन्यत्र जाने कुरा सत्य होइन

काठमाडौं । नेकपा एमालेले ३४९ जना केन्द्रीय कमिटीका सदस्यहरूको कार्य विभाजन गर्दा स्थायी कमिटी सदस्य मणिचन्द्र थापाको जिम्मेवारीमा बिदा लेखिएको छ । एमालेमै रहे पनि पार्टीमा बिदामा बसेका छन् ।

नेकपा विभाजनका बेला माओवादी धार छाडेर केपी ओलीलाई साथ दिएका नेता थापा पछिल्लो सयम पार्टी नेतृत्वप्रति सन्तुष्ट छैनन् । तर, उनले आफ्नो व्यक्तिगत केही काम गर्नुपर्ने भएकाले पार्टीबाट बिदा बसेको बताए ।

उनले भने, ‘बिदा बस्नुको धेरै कारण छैन । पार्टीभित्रकै असन्तुष्टिको कारणले होइन । मेरो व्यक्तिगत रुचिका केही काम गर्दैछु । राजनीतिक दौडधूपले अहिलेसम्म गर्न पाएको थिइनँ । त्यही भएर मैले बिदा बसेर काम गर्छु भनेको हो ।’

विप्लव नेतृत्वको नेकपामा प्रवेश गर्ने तयारीमा लाग्नुभएको हो ? भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘त्यस्तो छोड्ने कतै जाने भन्ने होइन । मैले केही समय आफ्नो काम गर्न मात्रै खोजेको हो । विप्लवको पार्टीमा जाने भन्ने कुरामा सत्यता छैन ।’

उनले एमाले छाडेको कुनै पार्टीमा प्रवेश गर्ने सोच नहरेको प्रष्ट्याए ।


प्रतिक्रिया

One thought on “मणि थापा भन्छन्- केही दिन बिदामा बसेको हुँ, अन्यत्र जाने कुरा सत्य होइन

  1. यिनले एमालेमा कुनै य‍ोगदान गरेजस्तो लाग्दैन । यी गए के बसे के ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर