एमालेको चेतावनी- हाम्रा नेताहरूमाथिको आक्रमण अब सहदैनौँ, सरकारले जवाफ नदिए सदन चल्न दिँदैनौं (भिडिओ)
काठमाडौं । नेकपा एमालेले भोलिबाट सदन अवरोध गर्ने चेतावानी दिएको छ । कोशी प्रदेशमा पहिचानवादीले एमाले नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेले सदन चल्न नदिने चेतावनी दिएको हो ।
एमालेका प्रमुख सचेतक पदम गिरीले प्रतिनिधि सभाको बैठकमा बोल्दै भने, ‘नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतंकित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ । हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो । हामीले संसदमा जानकारी गराएका थियौं । आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवारमाथि पनि ढुंगामुढा भएको छ ।’
सत्तापक्षकै व्यक्तिहरुको संलग्नतामा आतंक सिर्जना गर्ने काम भइरहेको आरोप लगाए। एमाले नेताहरुमाथि भएको घटना निन्दनिय रहेको जिकिर गर्दै अब सहन नसक्ने बताए ।
उनले भने, ‘हामीमाथि निरन्तर यो प्रकारले हमला हुन्छ भने हामी प्रतिवाद छौं । आक्रमणमा कोको थिए भन्ने सरकारले सदनलाई जानकारी गराओस्। नत्र हामी भोलिबाट सदन चल्न दिँदैनौं ।’
हिचानको कुरा गर्नेहरुलाई प्रहरी दमनमात्र नभयर सयौको टाउको फुटाउने, कसैको ज्यान लिने काम कस्ले गर्यो? अब त पहिचान बादीहरुको आत्मानिर्णय सहितको राज्य पाउनको लागि हतियार उठ्ने सम्भाबना बधेकोछ।