आफ्ना नेतामाथि पहिचानवादीले गरेको आक्रमणमा सत्ताधारीको संलग्नता देखिएको एमालेको आरोप (भिडिओ) – Nepal Press

आफ्ना नेतामाथि पहिचानवादीले गरेको आक्रमणमा सत्ताधारीको संलग्नता देखिएको एमालेको आरोप (भिडिओ)

काठमाडौं । नेकपा एमालेले कोशी प्रदेश नामाकरणपछि पहिचानवादी समूहले पार्टीका नेतालाई निशाना बनाएको भन्दै आपत्ति जनाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमाले सांसद योगेश भट्टराइले आपत्ति जनाए ।

उनले एमाले नेताहरूमाथि आक्रमण हुँदा प्रहरी मौन बसेको आरोप लगाए । एमालेमाथि पटकपटक आक्रमण भइरहेकोले स्वीकार्य नहुने भन्दै उनले गृहमन्त्रीसँग जवाफ मागे ।

उनले भने, ‘प्रदेशको नाम हामीसँग सरोकारको विषय होइन । प्रदेशले नै राख्ने हो । कसैलाई नाम चित्त बुझेको छैन भने वैधानिकरूपमा दुईतिहाइ बहुमत ल्याएर नाम स्वीकार गरे हामीलाई स्वीकार्य छ । तर, देशलाई अराजतका र जातीय हिसाबले विभाजित गर्ने छुट कसैलाई छैन ।’

पहिचानवादीको आन्दोलनमा सत्ताधारी दलका केही प्रतिनिधिले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई आक्रमण गरेको भट्टराईको भनाइ थियो ।

उनले प्रश्न गरे, ‘सत्ता पक्ष हामीसँग भिड्न आउन खोज्नुभएको हो ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर