रिटर्नी सेन्टरमा पार्टीमा जस्तो नेतृत्वका लागि प्रतिस्पर्धा गर्न हुँदैन : जनार्दन शर्मा (भिडिओ) – Nepal Press

रिटर्नी सेन्टरमा पार्टीमा जस्तो नेतृत्वका लागि प्रतिस्पर्धा गर्न हुँदैन : जनार्दन शर्मा (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले रिटर्नी सेन्टर नेपालमा पार्टीमा जस्तो नेतृत्वका लागि प्रतिस्पर्धा गर्न नहुने बताएका छन् । रिटर्नी सेन्टर नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले रिटर्नी सेन्टर नेपालमा पार्टीमा जस्तो पदका लागि प्रतिस्पर्धा नभएर उत्पादनको प्रतिस्पर्धा हुनुपर्नेमा जोड दिए ।

उनले भने, ‘यस संगठनमा उत्पादनको प्रतिस्पर्धा हुनुपर्छ । न कि पदको । तपार्इहरुले पार्टीमा जस्तै पदको प्रतिस्पर्धा गर्नुभयो भने यो संगठनको कुनै अर्थ छैन । यहाँ त उत्पादनको प्रतिस्पर्धा हुनेछ । लगानीको प्रतिस्पर्धा हुनेछ । श्रमको प्रतिस्पर्धा हुनेछ भन्ने मैले विस्वास लिएको छु ।’

उपमहासचिव शर्माले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हेटौडा महाधिवेशनका उत्पादन बिग्रेडको नीति ल्याएको स्मरण गर्दै रिटर्नी सेन्टर नेपाल स्थापना त्यसकै पुर्णता भएको बताए ।

उनले भने, ‘हाम्रो श्रदय अध्यक्ष कमरेड प्रचण्डले हेटौडा महाधिवेशनमा उत्पादन बिग्रेडको नीति ल्याउनुभएको थियो र त्यतिबेला हामीले प्रयास नगरेको पनि होइन । पोखरामा मैले प्रयास गरे । एउटा उत्पादन विग्रेडको गठन गरियो । तर, स्वयम अध्यक्ष ज्यूकै उपस्थितिमा गठन गरिएको थियो र त्यो आज औपचारिक भएको छ । त्यो नयाँ भर्जनको रुपमा आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर