संघले स्थानीय सरकारलाई एक हातले अधिकार दिएको छ, अर्को हातले रोकेको छ : मेयर शाही (भिडिओ)
सुर्खेत । सङ्घीयता पछिको दोस्रो स्थानीय तहको दोस्रो कार्यकालको एक वर्ष पुरा भएको छ । एक वर्षमा स्थानीय तहका जनप्रतिनिधिले के कस्ता काम सम्पन्न गरे । स्थानीय सरकारबाट जनताले के कस्ता सुविधा पाए ? जनप्रतिनिधिले चुनावको समयमा जनतासँग गरेका बाचा के कति पुरा गरे । यस्तै विषयवस्तुमा केन्द्रित रहेर कालिकोट रास्कोट नगरपालिका नगर–प्रमुख धर्मराज शाही (पोषण) सँग गरिएको कुराकानी
तपाई निर्वाचित भएर आएको एक वर्ष भयो । अहिले सम्म नगरपालिकामा तपाईँले काम गरेको उपलब्धि के के हुन् ?
स्थानीय सरकार भनेको सबैभन्दा सानो सरकार हो । सबैभन्दा बजेटकै कम भएको सरकार र जनतासँग नजिकको सरकार भएको हुँदा हामीले मेघा प्रोजेक्ट गर्न सक्दैनौँ । हाम्रो काम भनेको माइक्रो व्यवस्थापनका कामहरू गर्ने हो । त्यसैले जनताको सेवालाई कसरी प्रभावित गर्ने सकिन्छ भने हामीले स–सानो काम गर्ने जनतालाई कसरी नजिकको सरकार भनेर चिनाउने र सुशासन युक्त भ्रष्टाचार मुक्त र पारदर्शिता कसरी दिने भन्ने कुरामा हाम्रो ध्यान छ ।
हाम्रो अभियान छ मुस्कान सहितको सेवा दिने, कार्यालयमा आउने सेवाग्राहीलाई कम्तीमा कुन अफिसमा को बसिरहेको छ मेयर देखि लिएर उपमेयर, प्रमुख प्रशासकीय लगायतमा भेटघाट गर्नका लागि सहायता कक्षको निर्माण, ट्रोलफ्रि नम्बर, सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरेका छौँ । विद्युत् वितरण केन्द्र रास्कोट बनाएका छौँ ।
वृद्ध, अपाङ्ग नागरिकहरूले चर्को गर्मीमा लट्ठी टेकेर उभिनु पर्ने बाध्यतालाई निर्मूल पारेर गाउँघरमा बृद् भत्ता भन्ने पहिलो कार्यक्रम ल्याएका छौँ । एमबीबीएस डाक्टरको टोली लिएर गाउँघरमा उपचार गर्ने गरेका छौँ । बिजुलीको कामले सदरमुकाम धाउनुपर्ने कुरालाई मध्यनजर गर्दै रास्कोटमै सेवा दिने गरेका छौँ ।
त्यस्तै, खाद्यान्न सामग्री नुन तेल पनि किन्न टाढा जान नपर्ने व्यवस्था गरेका छौँ । हरेक वडालाई पहिलो बनाउनुपर्छ भनेर एक वडा एक प्राविधिक बनाएका छौँ । सिंह दरबारको अधिकार गाउँघरमा भनेर नारा दिने दिने तर पनि अधिकार नगरपालिकाको वरिपरि घुमाउने होइन । त्यो अधिकार प्रत्यक्ष जनता माझ पुग्नु भन्ने हो । उक्त मनसायले सबै अधिकारहरू वडाहरूमा दिने गरेको र बलियो बनाउन खोजिरहेका छौँ ।
बाढी पहिरो र विपद्ले रास्कोटका १३३ घरहरू पूर्णरुपमा नष्ट भएको भयो । त्यस्तै झन्डै २ सय आंशिक क्षति भए । यस पिडालाई मलमपट्टि लगाउनको लागि रास्कोटका सबै घरका नागरिकलाई बिमा जोडेको छौँ । झन्डै ३ हजार घरधुरीलाई बिमित गरेका छौँ । ती घरधुरीलाई न्यूनतम ५० हजार देखि ५ लाख सम्मको बिमा गर्ने नियम लगाएको छौँ ।
त्यसको लागि बिमा कम्पनी शिखर इन्स्योरेन्स लाइफ सँग सबै प्रक्रिया अगाडि बढाएका छौँ । जनताले आफूसँग भएको लालपुर्जा र नागरिकताले बिमा क्लिन गर्न सक्ने वातावरण बनाएका छौँ । साथै, स्थानीय पाठ्यक्रम निर्माण कार्य तीव्र रूपमा अगाडि बढाएको छौँ भने नयाँ शैक्षिक सत्रको जेठ भित्र प्रत्येक विद्यालयमा पाठ्यक्रम दिने तयारीमा छौँ ।
इन्टरनेटको पहुँच पनि घरघरमा पुर्याउनको लागि ओल्डिङ्ग इन्टरनेट जडानको अन्तिम चरणमा छौँ । नगरपालिकाका वडामा,सरकारी कार्यालय, विद्यालय र सार्वजनिक सबै ठाउँमा सञ्चालनमा गर्ने छौँ । नगर प्रहरी स्थापना गरेका छौँ । लोकतान्त्रिक सङ्घीय व्यवस्था पछि कर्णाली प्रदेशको रास्कोट नगरपालिकाले स्थानीय प्रहरीको व्यवस्था गरेका छौँ । नगरपालिकामा हवलदार सहित १५ जनाको टिमलाई दीक्षान्त गरेका छौँ ।
यस्तै, एक घर, एक धारा नारामा मात्रै सीमित नभएर जनाको घर घरमा खानेपानी पुराउनका लागि हामीले ३५ सय ४ हजारको उचाइकोबाट बृहत खानेपानीको योजना बनाएका छौँ ।
रास्कोट नगरपालिकाका स्वास्थ्य कर्मचारीले तलब पाएका छन् की छैनन् ?
रास्कोट नगरपालिकामा तलब खान नपाएका स्वास्थ्य कर्मचारी १५ जना रहेका छन् । हाम्रो नगरमा ५०/६० लाख इन्टरनल रिभ्यू आउँछ । कि व्यक्तिगत समानीकरणबाट दिन सकिन्छ । यो पनि सकिएन भने असारमा नयाँ बजेट ल्याउँदा तलब खुवाउने वातावरण मिलाउनु पर्छ । उहाँहरूलाई तबल दिनका लागि इन्टरनल रिभ्यू बढेर आउनु पर्छ । स्थायी कर्मचारीले तबल नपाउँदा राज्यले के हेरेर बसेको छ । आफ्ना कर्मचारी कहाँ छन् तलब पाएका छन् की छैनन् भन्ने कुराको चासो सङ्घ सरकारले पनि राख्नु प¥यो नि ! त्यसैले हामीसँग इन्टरनल रिभ्यू कम भएको र बजेट विनियोजन भइसकेको हुँदा र हरेक शीर्षकमा बजेट खर्च भएको हुँदा तलब दिन सकेनौ । यस विषयमा यस आर्थिकमा हामीले सोच्नु पर्ने भएको छ । अब आगामी वर्षको बजेटमा हामीले गम्भीर हुन आवश्यक छ ।
चुनावको बेला जनतासामु के के गर्छु भन्ने प्रतिबद्धता गर्नु भएको थियो ?
चुनावमा हामीले भारी कुरा गरेका थिएनौँ । जनतालाई पर्न गएका तत्कालका समस्याहरू कसरी समाधान गर्न सक्छौँ भन्नेमा जोड दिएका थियौँ । नगर बसमा सेवा दिन्छौँ भनेका थियौँ आगामी वर्ष सम्म हामीले सञ्चालनमा ल्याउने छौँ । पानी, विद्युतमा छुट दिने प्रतिबद्धता गरेका थियौँ । वृद्धभत्तालाई हामीले जोडेका थियौँ । अन्य सेवालाई पनि हामीले जोड दिएका थियौँ ।
स्थानीय तहले विकासका नाममा सडकलाई मात्र प्राथमिकता दिने गरेको पाइने छ तर हजुरको नगरपालिकामा के छ ?
रास्कोट नगरपालिकाको मुख्य आरीपी बजार नयाँ बनाउन खोजेका छौँ । पुराना घर र अव्यवस्थित बजार भएको हुँदा स्मार्ट सिटी बनाउनका लागि मिनी मार्केटको कन्सेप्टमा नयाँ बजारमा लागेका छौँ । यसका लागि रास्कोट नगरवासीले सहयोग गरेका छन् ।
घर भत्काउनु बालेनको नक्कल त गर्नुभएको होइन नि ? यदि होइन भने यसको व्यवस्थापनका लागि के सोच्नु भएको छ ?
हामी बालेन भन्दा भिन्न प्रवृत्तिबाट हामी यहाँ आएको हो । युद्धमा हुँदा हामी यो ठाउँमा पुग्छौँ भन्ने कल्पना पनि थिएन । वास्तामा यो ठाउँमा हामी पुग्नुपर्छ लड्नु पर्छ भन्ने थियो मर्छु बाच्छौ भन्ने थाहा थिएन । समय, परिस्थिति कथा बस्तुले हामीलाई यो ठाउँमा पुरायो । त्यसपछि केहि नयाँ गर्नुपर्छ भन्ने लागेको हो ।
परम्परागत रूपले बनेका टिनका टहरालाई कसरी पक्की घरमा निर्माण गर्ने भन्ने योजना हो । हामी स्वतन्त्र व्याकग्राउण्डबाट आएको होइन । हामी समुदायबाट विभिन्न सङ्घर्षबाट आएको हो । बालेन र हामीलाई तुलना गर्ने हो भने धेरै कुरामा फरक छ । उनले आवश्यकता अनुसार छिटो सुरु गने हामी ढिला गर्यौ यति नै फरक । रास्कोटमा १० वर्ष २० वर्ष नटिक्ने सहर किन बनाउने ।
हामीले सय वर्ष टिक्ने सहर किन नबनाउने ? २०/४० वर्ष पछि रास्कोट सुन्दर सहर कस्तो होला भने हामी सपना किन नदेख्ने हाम्रो अभियान छ । रास्कोट कर्णाली कोरिडोरको मध्य भागमा रहेको छ । भोलि एउटा सुन्दर सहर बन्न सक्छ । त्यसैले, पर्यटकीय क्षेत्र वडिमालिका, रारा र मानसरोवर जाने तीर्थयात्री र पर्यटकका लागि सवस्टेशन बनाउँदै छौँ । उक्त ठाउँका व्यवसायीहरूलाई हटाउने होइन की आधुनिक घरमा बनाउनका लागि यो अभियान थालेका हौँ । अव्यवस्थित ठाउँलाई व्यवस्थित बनाउने हो ।
यसका लागि चुनौती पनि होलान् नि ?
चुनौती पनि छ । पुरानोलाई हटाउने नयाँ निर्माण विषयमा स्वाभाविक ढङ्गले चुनौती भइहाल्छ । २० औँ वर्ष लगानी गरेर आफ्नो घर बनाएर बसेका व्यवसायिकहरुलाई यो ठाउँ छोड्नुस् भन्दा पिर त परेको होला नि । अहिले मन दुखेपछि पछि मन खुसी बनाउने छौँ ।
जनतासामु गरेका बाचा पूरा गर्नका लागि तपाईँका के के छन् योजनाहरू ?
पाँच वर्षको अवधिमा हामीले विकासका पुर्वाधारहरुलाई पहिलो प्राथमिकता हो । जसमा शिक्षा, स्वास्थ्य, खानेपानी र सिचाइ लगायतका विकासमा जोड दिएका छौँ । त्यस्तै, अङ्ग्रेजी माध्यमबाट सुरु गरिसकेका छौँ । उच्च निम्न वर्गका व्यक्तिहरूलाई मध्यनजर गर्दै उनीहरूको गुणस्तरीय शिक्षाका लागि रास्कोटमा विद्यालयहरूमा पनि अङ्ग्रेजी माध्यमबाट पढाइहुने व्यवस्था गरेका छौँ । वाणिज्य बैङ्कको सेवा दिँदै छौँ ।
गठबन्धन दलका जनप्रतिनिधि हुँदा नगरपालिकामा काम गर्न कतिको सहज छ ?
मेयर उपमेयर भए पनि गुरु चेलाको सम्बन्ध छ । लामो समय शिक्षक पेसामा काम गर्नुभएको छ । हाम्रो टिममा कुनै विभेद पनि छैन । हामीले जुनसुकै काम सहजपुरमा लिने गरेका छौँ । पवित्र मन्साए छ भने जो सुकै भए पनि फरक पर्दैन । सोच पवित्र छ भने जुनसुकै कुरा मिल्नमा आउँछ । अबको चार वर्ष पछि पनि हामी त्यही ठाउँमा बस्ने छ । त्यहाँका नागरिकको प्रिय मान्छे बन्न छ । त्यहाँका जनताको सेवा गर्न छ । त्यसैले हामीसँग कुनै पनि लडाई झगडा केही पनि छैन । हाम्रो सम्बन्ध राम्रो छ ।
तपाईँको प्राथमिकता के के मा हुने छ ?
शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई र नगरपालिकाका नागरिकलाई आम्दानीमा कसरी जोड दिन सकिन्छ हाम्रो प्रमुख प्राथमिकता भनेका यी हुन् । सुशासन, पारदर्शीताको, नियमितता कुरा गर्नु छ ।
अख्तियार, महालेखाको प्रतिवेदनलगायतले स्थानीय तहमा थुप्रै आर्थिक अनुशासनको प्रश्न उठाएको छ । तपाईँ यसको पालनामा कति प्रतिबद्ध हुनहुन्छ ?
हामी यसमा उत्कृष्ट त हुन् सकेका छैनौ । तर, वित्तीय सुशासनमा तेस्रो पालिकाको रूपमा स्थापित छौँ । हामीले गतवर्ष केही नियमहरू पालना गर्दागर्दै पनि केही पुगेन । आगामी दिनमा उत्कृष्ट पालिका हुनेमा प्रयत्न गर्नेछौँ । यस्ता नियमहरू हामी पालना गर्नका लागि अग्रसर भएका छौँ । यसमा लुकिटिपी बेमानी गर्नुपर्ने केही छैन ।
कर्मचारी संयन्त्रले जनप्रतिनिधिलाई असहयोगका कुरा पनि सुनिन्छन् । अनि कतिपय ठाउँमा नियमबाहिरको काम गराउन जनप्रतिनिधिले दबाब दिएका कुरा पनि आइरहन्छन् नि ?
त्यस्तो हामीमा केही छैन । हामीले नियम तोडेर कसको लागि के गर्नु छ । रास्कोटको समृद्धि र विकासका लागि केही गर्नु छ नियम तोड्न पर्दैन । नियम चाहिएको समयमा संशोधन गर्ने हो । सङ्घ र प्रदेशको ऐन कार्यविधिलाई हामीले तोडमोड गर्ने अधिकार छैन । त्यसको मातहतमा रहेर केही संशोधन गर्न सकिन्छ भने गर्छौ । नत्र हामी सिस्टममा रहेर अगाडि बढ्छौँ । के का लागि हामीले प्रेसर दिने । त्यहाँका कर्मचारीले पनि त त्यहाको समृद्धि चाहेका छन् । त्यस्तो प्रेसर दिएर दबाएर हामी अगाडि बढेका छैनौँ ।
प्रदेश, सङ्घ सरकारबाट कत्तिको साथ, अधिकार पाइरहनुभएको छ ?
साथ, सहयोग छ तर स्किल भोलुम एकदमै सानो छ । एक हातले अधिकार दिएको छ भने अर्को हातले अधिकार रोकेको छ । शिक्षा क्षेत्रमा एकल अधिकार भित्र हामीले भनेको छ । स्थानीय सरकारलाई सबै अधिकार छ भन्छ । अधिकार दिएको जस्तो गरेको छ तर स्थानीय तहको अधिकार कहीँ न कहीँ रोकेको छ । स्थानीय सरकारले पूर्णरुपमा अधिकार पाउन सकेको छैन ।
अबको चार वर्षमा तपाईँको पालिकामा के के सुधार भएको देख्न पाउँछौ ?
स्मार्ट सिटीको परिकल्पना सहित मिनी मार्केटको तयारी भइरहेको छ । कर्णाली करिडोर देखि रास्कोट नगरपालिकाको मुख्यालयसम्म कालोपत्रेको तयारी गर्दे छौँ । पूर्व मुख्यमन्त्री महेन्द्र शाहीको समयमा सडक कालोपत्रेको तयारी भएको थियो । अबको २, ३ वर्षभित्र कालोपत्रे गर्छौ । शिक्षा क्षेत्रमा १ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुनेछ । खानेपानी, विद्युत्, सिचाई र स्वास्थ्यमा पनि सुधार हुने छ ।
तपाई नगरप्रमुख भइसकेपछि करारका कर्मचारीलाई हटाउनु भयो । त्यसपछि नगर प्रहरी भर्ना गर्नुभयो यो विवादित विषय पनि बन्यो । तपाई
नगरपालिका मनमानी रूपमा चलाउनु खोज्नु भएको हो भन्ने थियो नि ?
एउटा नागरिकलाई बर्खास्त गरेर अर्को नागरिकलाई इन गर्नु रमाइलो कुरा थिएन बाध्यता थियो । ५ जना सचिवको रूपमा काम गरेका कर्मचारी बाहिरिनु भयो । हिजो नगरपालिका ३ देखि ५ जना स्थायी कर्मचारीले चलेको थियो । अहिले ३५ जना स्थायी कर्मचारी आउनु भएको छ । राजश्व बाडँफाटको एउटा शीर्षक आउँछ त्यहाँबाट हामीले तलबको व्यवस्था गर्ने हो । यतिकै व्यक्तिको नाममा दिन त मिल्दैन । केही कर्मचारीले चलाएको कर्मचारी ठुलो सङ्ख्यामा कर्मचारी आउँदा एउटै शीर्षकमा हामीले पारिश्रमिक दिँदा त स्वाभाविक रूपमा बाहिरिनु पर्ने भयो । अहिले पनि स्वास्थ्यका कर्मचारीले तलब पाएका छैनन् । संघको ऐन नियम भन्दा हामी छैनौ त्यसैले स्थायी कर्मचारी आएपछि करारका कर्मचारीले छोड्नुपर्छ ।
नगर प्रहरी फरक सोचबाट जन्मेको हो । रास्कोट नगरपालिका राजनीतिक, सामाजिक, आर्थिक र फौजीहरूका लागि फरक नेचर भएको ठाउँ हो । यस्ता विषयवस्तुका लागि नगर प्रहरीको आवश्यकता छ ।