इजलासमा टेकनाथ रिजालको गुनासो- श्रीमान् ! हिरासतमा सास फेर्न पनि गाह्रो भयो – Nepal Press

इजलासमा टेकनाथ रिजालको गुनासो- श्रीमान् ! हिरासतमा सास फेर्न पनि गाह्रो भयो

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेक बहस भइरहेका बेला प्रतिवादीहरूले हिरासत कक्षमा बस्न समस्या भइरहेको भन्दै इजलासमा गुनासो गरेका छन् । आइतबारका लागि बहस सकिएपछि टेकनाथ रिजाल र शमसेर मियाँले न्यायाधीश प्रेमप्रसाद न्यौपानेको सामुन्ने पुगेर गुनासो गरेका थिए ।

हज कमिटीका अध्यक्षसमेत रहेका शमसेरले हिरासत कक्षमा नमाज पढ्न नपाएको देखि प्रहरीले आफ्नो कुराहरू नसुन्ने गरेकोसम्म बताए ।

‘हिजोसम्म हामीलाई दरबारमार्ग वृत्तमा राखिएको थियो । तर, अचानक टेकु सारिएपछि त्यहाँ निकै गाह्रो भएको छ । मैले दैनिक ५ पटक नमाज पढ्ने गरेको थिएँ तर टेकुमा निकै समस्या परेको छ । त्यहाँका प्रहरी निकै खराब रहेछन् । कसैले कुरा सुन्दैनन् । अनुहार पनि किनेको पानीले धुनुपर्छ’, मियाँले भने ।

त्यसपछि टेकनाथ रिजालले टेकुको हिरासतमा सास फेर्न पनि समस्या हुने गरेको बताए ।

‘खप्टिएर बस्नुपर्छ। सास फेर्न पनि गाह्रो भयो’, उनले भने । त्यसपछि न्यायधीश न्यौपानेले गुनासो तत्काल समाधान गर्न प्रहरीलाई निर्देशन दिएका थिए ।

‘मानिसका धार्मिक, सांस्कृतिक कुराहरूलाई हामीले हेरिदिनुपर्छ’, उनले भने । दरबारमार्ग वृत्तमा राखिएका ४ जनालाई शनिबार दिउँसो टेकु सारिएको थियो ।


प्रतिक्रिया

One thought on “इजलासमा टेकनाथ रिजालको गुनासो- श्रीमान् ! हिरासतमा सास फेर्न पनि गाह्रो भयो

  1. यि नक्कली भुटानी शरणार्थी का नाइकेहरु लाइ सास्फेर्न गाह्रो भयो रे फासी दे सरकार किन पाल्नु ज्वाइँ लाइ जसरि

Leave a Reply

Your email address will not be published. Required fields are marked *