नेपाली सेनाको नेतृत्वमा सगरमाथाबाट ३५ हजार बढी किलो फोहोर संकलन
काठमाडौं । नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान २०२३’ ले युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा तथा अन्य चुचुराबाट ३५ हजार ७०८ किलो फोहोर संकलन गरेको छ ।
स्थानीयवासी र स्वयंसेवकको सहयोगमा गत चैत १४ गते सुरु भएको अभियानबाट सगरमाथा, ल्होत्से, अन्नपूर्ण र वरुचे हिमालबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य पूरा गरेको हो ।
सगरमाथा र ल्होत्से क्षेत्रबाट १२ हजार ६२१ किलो, अन्नपूर्णबाट २ हजार ५६७ किलो र वरुचेबाट १८ हजार ५२० किलो गरी ३५ हजार ७०८ किलो फोहोर संकलन गरिएको हो ।
जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्ने र महत्त्वपूर्ण चुचुराहरूको मौलिक प्रकृतिलाई जोगाउने प्रयासलाई अभियानहरूद्वारा बढावा दिइएको छ । वातावरणमा सुधार पार्ने यस्ता प्रयासलाई समर्थन र कदर गर्नुपर्दछ भन्ने युनिलिभरको विश्वास रहेको छ ।