पाण्डेका वकिललाई न्यायाधीशको प्रश्न- सचिवजस्तो मान्छेले सुराकी गर्न गिरोहसँग सम्पर्क गरेको थिएँ भन्न सुहाउँछ ?
काठमाडौं। नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको थुनछेक बहसमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले सचिव टेकनारायण पाण्डेका कानुन व्यवसायीमाथि बारम्बार हस्तक्षेप गरेका छन्।
गिरोहका विभिन्न व्यक्तीसँग सामाजिक सञ्जालमा पाण्डेको सम्पर्क देखिएकोमा उनका कानुन व्यवसायीले सुराकीका लागि त्यसो गरेको बताएपछि न्यायाधीश न्यौपाने खनिएका थिए।
अधिवक्ता जगत जोशीले गिरोहले आपराधिक गतिविधी गरेको सूचना पाएपछि सचिव आफैले सुराकी गर्न तीनका सदस्यसँग सम्पर्क स्थापित गरेको दावी गरेका थिए। सचिव पान्डेको मातहतमा सुरक्षा निकायहरु रहेको र मातहतमाथि विश्वास नलागेपछि आफै अनुसन्धान गर्नु स्वभाविक भएको उनको भनाई थियो।
त्यसपछि न्यायाधीश न्यौपानेले उनलाई रोकेर प्रश्न गरे, ‘सचिवजस्तो मान्छेले त्यस्ता गतिविधि भएका मान्छेसँग कसरी सिधा कुराकानी गर्न सक्छन्। उनले त चाहियो नै भनेपनि मान्छे खटाउन सक्छन्, हैन र ’ न्यायाधीश न्यौपानेले भने। त्यसपछि जोशीले केही समय चुप लागेर प्रतिवादी पहुँच भएका व्यक्तिहरु भएकाले सचिवले त्यसो गरेको बताए।
आफ्नो तर्फबाट बहस सुन्न एक बेन्च अगाडि सरेका सचिव पाण्डे जोशीको बहस सकिएपछि पुरानै ठाउँमा आएर पटकपटक पानी पिएका थिए।
ः