आजको विनिमय दर : अमेरिकन डलर स्थिर हुँदा युरोको भाउ बढ्यो – Nepal Press

आजको विनिमय दर : अमेरिकन डलर स्थिर हुँदा युरोको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकन डलरको मूल्य हिजो तुलनामा स्थिर रहेको छ भने युरोका भाउ १३ पैसा बढेको छ ।  आज अमेरिकी डलर एकको खरिद दर १३१।६५ रुपैयाँ रहेको छ भने बिक्री दर १३२।२५ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४१।५१ रुपैयाँ रहेको छ भने बिक्री दर १४२।१६ रुपैयाँ रहेको छ ।

हिजो डलरको खरिद दर १३१ रुपैयाँ ६५  पैसा र बिक्री दर १३२ रुपैयाँ २५ पैसा रहेको थियो भाने युरो एकको खरिद दर १४१ रुपैयाँ ६४ पैसा र बिक्री दर १४१ रुपैयाँ २९ पैसा रहेको थियो ।

बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ४९ पैसा र बिक्री दर १६६ रुपैयाँ २४ पैसा तोकिएको छ ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८८ रुपैयाँ ७३ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ १२ पैसा रहेको छ ।

जापानिज येन १० को खरिददर भने ९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४९ पैसा रहेको छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८.५३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६६ रुपैयाँ, साउदी अरेवियन रियाल एकको खरिदमा ३५ रुपैयाँ १० पैसा र बिक्रीमा ३५ रुपैयाँ २६ पैसा, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *